
सभालाई सम्बोधन गर्दै कांग्रेस सभापति तथा प्रधानमन्त्री देउवाले भने,‘एमाले एकदलीय तानाशाही व्यवस्था लाद्न खोज्ने पार्टी हो, मधेसी जनताले यसपटकको निर्वाचनमा एमालेलाई जवाफ दिनैपर्छ ।’मधेसी जनताको भावनाअनुसार संविधान संशोधन प्रस्ताव संसद्रुमा कांग्रेसले लगेको बताउँदै देउवाले एमालेले असहयोग गरेका कारण संशोधन प्रस्तावको पक्षमा दुई तिहाई पु¥याउन नसकिएको बताए । कम्युनिष्टहरु कहिल्यै पनि प्रजातन्त्रवादी हुन नसक्ने बताउँदै देउवाले एमालेले मधेसी जनताको भावनासित खेलवाड गरेको आरोप लगाए ।
नेपालको हरेक परिवर्तनमा काग्रेसले नेतृत्वदायी भुमिका निर्वाह गरेको चर्चा गर्दै कांग्रेस सभापति देउवाले कांग्रेसले संविधान संशोधन प्रस्तावलाई पारित गराउन कुनै कसर बाँकी नराख्ने बताए ।
कार्यक्रममा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमाले, दक्षिणपन्थी र प्रतिगमनकारी शक्तिका कारण संविधान संशोधन हुन नसकेको बताए । मधेस, कांग्रेस र लोकतन्त्र एक अर्काको प्रयायवाची रहेको बताउँदै पौडेलले लोकतन्त्रको लडाइँ नै जनताको अधिकार संरक्षित गर्नु रहेकाले तराई मधेसको सम्मान र पहिचानको पक्षमा कांग्रेस उभिएको बताए ।
महामन्त्री डा शशांक कोइरालाले नेपालका कम्युनिष्ट नेताहरुहरु उमेरले पाको भए पनि बुद्धि नभएको बताए ।
