यसैगरी हालै बर्खास्त गरिएका नेपाल आयल निगमका कार्यकारी प्रमुख माथि छानबिन गरी हिनामिना गरिएको भए सो रकम उसुलउपर गर्नुपर्ने, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको पठनपाठन तत्काल शुरु हुनुपर्ने, देशका विभिन्न भागमा मेडिकल कलेज स्थापना गर्ने कार्य अगाडि बढाउनसमेत उनले माग गरेको छ ।
यसैबीच, डाक्टर्स एशोसिएसन अफ नेपालले चिकित्सकबाटै क्षतिपूर्ति भराउने विधेयक निर्माण गर्न मन्त्रिपरिषद्ले स्वास्थ्य मन्त्रालयलाई दिएको निर्देशनप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सोसाइटीका कामु महासचिव तोषिमा कार्कीद्वारा मंगलबार यहाँ जारी विज्ञप्तिमा सरकारको सो निर्णयलाई तत्काल फिर्ता लिन माग गरिएको छ ।
