
जिसस.को समिक्क्षलयमा सोमबार आयोजित शपथ ग्रहण तथा प्रमाण–पत्र वितरण समारोहमा नवनिर्वाचित पदाधिकारीहरुले पदीय गोपनियता कायम राखी शपथ ग्रहण गरेका छन् ।
सिरहा नगरपालिकाका मेयर अशेश्वर यादव र उपमेयर डा. नमिता यादव सहित नवनिर्वाचित पदाधिकारीहरुले सामुहिक शपथ ग्रहण गरे । शपथ ग्रहण सम्पन्न भए लगतै मेयर अशेश्वर यादव र उपमेयर डा.नमिता यादवले सिरहा नगरपालिकाको कार्यालयमा पुगेर पदभार ग्रहण गरेका छन् ।
