जिल्लाका सुरक्षा निकायको गोप्य सूचना र विश्लेषणपछि जिल्लाका मतदानस्थललाई तीन तहमा विभाजन गर्दै त्यही अनुसार सुरक्षा प्रबन्ध मिलाइएको प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताए । अतिसंवेदनशील मानिएका मतदानस्थल केही नगरपालिका र केही भारतीय सीमासँग जोडिएका गाउँपालिका रहेको जनाइएको छ । जिल्लामा आठ नगरपालिका र नौ गाउँपालिका रहेका छन् । प्रमुख जिल्ला अधिकारी श्रेष्ठले संवेदनशीलतालाई ख्याल गर्दै जिल्लाको सबै मतदान स्थलहरुमा कडा सुरक्षा व्यवस्था मिलाएको बताए ।
उनले भने ‘‘सुरक्षा चुनौतीको आधारमा मतदानस्थलहरुलाई तीनवटा घरामा राखिने छ, पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र अन्तिममा नेपाली सेनाले सुरक्षा दिने व्यवस्था मिलाईएको छ ।’ चुनावको सुरक्षाको लागि जिल्लामा नेपाल प्रहरी र सशस्त्र प्रहरी ६ हजारको संख्यामा खटिने प्रमुख श्रेष्ठले जानकाकारी दिएको हो ।
