जनकपुरमा साईकलको लहर

प्रकाशित समय 6:47:00 PM
जनकपुर, २२ भदौ । असोज २ गते प्रदेश नं. २ मा हुन लागेको स्थानीय तहको चुनावमा जनकपुर उपमहानगरपालिकाको मेयर पदमा साइकलको पक्षमा लहर देखिएको छ ।
साइकल छाप चुनाव चिन्ह रहेको राष्ट्रिय जनता पार्टीका उम्मेदवार एवं पूर्व उपमेयर लालकिशोर साहको पक्षमा जनलहर देखिएको छ । २५ वटा वडा रहेको जनकपुर उपमहानगरपालिकाको अधिकांश वडामा राजपाको उम्मेदवारको पक्षमा मतदाताहरु साकारात्मक देखिएका छन् । २५ वटा वडा मध्ये १८ वटा १८ वटा वडा सहित मेयर पद जित्ने राजपाले दाबी गरेका छन् ।
यतिखेर घरदैलो अभियानमा रहेका राजपा मेयरका उम्मेदवार लालकिशोर साहले आफुलाई जनताले अत्यधिक मतले विजयी गराउने दाबी छन् । मधेश मुक्ति तथा अधिकारका लागि मधेश आन्दोलनमा आफुहरु दिनरात खटेको र अझै आन्दोलनमै रहेकोले आफ्नो अधिकार सुनिश्चितताका लागि जनकपुर उपमहानगरपालिकाका जनताले आफुलाई विजयी बनाउनेमा आफु ढुक्क रहेको बताए ।
हाल सम्म जनकपुरको २० वटा वडामा चुनावी सभा सम्पन्न गरिसकेका राजपाले २५ वटै वडामा छुट्टाछुट्टै चुनावी सभाको आयोजना गर्ने र उक्त चुनावी सभाले राजपाको पक्षमा अत्यधिक जनलहर रहेको स्पष्ट भएको राजपाले जनाएको छ । राजपा उम्मेदवारको पक्षमा भोट माग्न मंगलबार राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो स्वयं साईकल चढेर प्रचार प्रसार गरिसकेका छन् ।
मधेश आन्दोलनको केन्द्रविन्दु रहेका जनकपुर उपमहा नगरपालिकाको चुनावमा राजपाको काँग्रेस सँग प्रतिस्पर्धा हुने देखिएको छ । तर राजपाका नेताहरुले भने काँग्रेस सँग प्रतिस्पर्धा भए पनि प्रतिस्पर्धामा काँग्रेस पछि पर्ने दाबी गरेका छन् । साहुजी बाहुल्य क्षेत्र रहेको जनकपुर उपमहानगरपालिकामा मेयर पदमा अधिकांश साहुजी उम्मेदवार नै प्रतिस्पर्धामा रहेका छन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »