बाढीले जिल्लाका ६ विद्यालय, ५ वटा तटबन्ध, ४ वटा पुल तथा २४ कल्भर्ट र सडकखण्ड लगायतका संरचनामा क्षति पु¥याएको थियो । जसकारण स्थानीयको दैनिकी कष्टकर हुनुका साथै नजिकिँदै गरेको स्थानीय तहको तेस्रो चरणको निर्वाचन समेत प्रभावित हुने अवस्था आएको थियो । तर सेनाले जिम्मा पाए लगत्तै मर्मत र पुनर्निर्माण कार्य तीब्र गतिमा अघि बढेपछि स्थानीयले खुशी व्यक्त गरेका छन् ।
भदौ १२ गतेदेखि भीमदल गण तथा ओखलढुंगा, खोटाङ, पाँचथर र उदयपुरबाट समेत झिकाईएको सेनाको ईन्जिनियर तथा टास्क फोर्स सहितको झण्डै दुई सयजनाको टोली अहिले बाढीले भत्काएको संरचनामा मर्मत र पुनर्निर्माण कार्यमा दिन रात खटिरहेको पुनर्निर्माण कार्यको संयोजन समेत गरिरहेका सहायक रथी १८ नं. का बाहिनीपति भरत पाठकले बताए ।
