बमको छर्रा लागेर सामान्य घाइते भएकी उनको प्राथमिक स्वास्थ्य केन्द्र अचलगढमा उपचार भइरहेको छ । आफ्नै किराना पसलअगाडि खेलिरहेको अवस्थामा सुतली बम विस्फोट हुँदा उनी घाइते भएकी थिइन । झोलाभित्र रहेका चारवटा बममध्ये एउटा बालबालिकाले खेलाउँदा पड्किएको र बाँकी तीनवटा नेपाली सेनाले निष्क्रिय पारेको प्रहरी निरीक्षक रामराजा केशरीले जानकारी दिए ।
भारतसँग सीमा जोडिएको बलरा क्षेत्र संवेदनशील क्षेत्र मानिन्छ । निर्वाचनका लागि उक्त क्षेत्रमा प्रहरी नायब उपरीक्षक रुगम कुँवरको नेतृत्वमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
