छोएन चुनाव, सिरहाको डुबान प्रभावित क्षेत्रका बासिन्दाहरुलाई

प्रकाशित समय 7:11:00 PM
गोलबजार, २७ भदौ । प्रदेश नम्बर २ मा आउँदो असोज २ गते हुने स्थानीय तहको चुनावको चहलपहल सुरु भएपनि सिरहाका डुबान तथा बाढी प्रभावित क्षेत्रका बासिन्दा भने भत्केको घर टालटुल पार्नमै व्यक्त छन् । साउनको अन्तिम हप्ता डुबानमा परेका कल्याणपुर नगारपालिका–३ पर्साही गाउँ तथा बजारमा चुनावी चलहलपल सुरु भएपनि डुबान प्रभावित भने भत्केका घरका भित्ता टालटुल पार्नमा व्यस्त छन् ।
‘पानीमा डुबेर घरका भित्ता भत्केका छन, आगन अझै ओभाएको छैन, कहाँ चुनावको कुरा गर्नु आफ्नै घर टालटुल गर्दैछु’ डुबान प्रावित ५५ वर्षिय फूलेश्वरी मण्डलले भने ‘हामी पानीमा डुबेर बसेका बेला कोही आएनन्, अहिले चुनावमा भोट माग्न आउन नेताहरुले हिम्मत कहाँबाट ल्याउँछन् खै ।’ उनले गाउँकै बजारक्षत्रमा चुनावी चहलपहल देखिएपनि पार्टीका नेता तथा उम्मेदवार गाउँ पसेपनि खुलेर भोट माग्न नसकेको बताए ।
भत्केको घर देखाउँदै स्थानीय ६५ वर्षकी भरोसी मण्डलले भने ‘चुनाव हुँदैछ, चुनावी चहलपहल पनि बढेको छ । आफ्नो त भत्केको घर सखार्नमै फूर्सद छैन, जसले डुबानलाई व्यवस्थित गर्ने वचन दिन्छ उसैलाई भोट दिन्छौं ।’ उनले चुनावको चहल पहल भएपनि कसलाई कति ठाउँमा मत दिने हो भन्ने जानकारी नै नभएको सुनाए । ल तथा उम्मेदवारहरु गाउँमा भोट माग्न आएपनि कसरी भोट कहाँ कहाँ हाल्ने कसैले नसिकाएको मण्डलले सुनाए ।
संघीय समाजवादी फोरम नेपालका तर्फबाट कल्याणपुर–३ को वडाध्यक्ष पदका उम्मेदवार ४० वर्षका वेचन मण्डलले यस क्षेत्रको डुबान रोक्न कमला दनीको बाँधमा ठूलो कलभर्ट बनाउनु पर्ने बताए । अरु पार्टीका उम्मेदवारले पनि गाउँ डुबान हुन नदिन विभिन्न खालका योजना सुनाउँदै गाउँलेसँग भोट माग्ने गरेको स्थानीय डुबान प्रभावित बताउँछन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »