आमाले गरिन् एक वर्षको छोराको हत्या, विष खुुवाएको खुलासा

प्रकाशित समय 6:34:00 PM
सिन्धुपाल्चोक, ५ असोज । सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङ्पाल गाउँपालिकामा एक वर्षका छोरोको हत्या गरेको आरोपमा आमालाई प्रहरीले पक्राउ गरेको छ ।
पाँचपोखरी थाङ्पाल गाउँपालिका–७ भोटेनाम्लाङ बस्ने वर्ष २७ की मीना तामाङले छोरालाई विष खुुवाई हत्या गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको हो । धेरै रक्सी खाएकी मीनाले छोरालाई विष खुवाई कोक्रामा छोडेर कसैलाई खबर नगरी घटना लुकाउन घाँस काट्ने निउँमा जंगल गएको प्रहरी अनुसन्धानबाट पत्ता लागेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक नवराज ढुुंगानाले बताए ।
ढुुंगानाको अनुसार घटनापश्चात् मृतकको हजुरबुबाले बालकको उपचारका लागि स्थानीय स्वास्थ्य चौकी लैजाँदै गर्दा बाटोमै ज्यान गएको थियो । मृतक बालकको मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा शव परीक्षण गरिएको थियो । घटना लुुकाउन अभियुुक्तले ढाकछोप परेपछि इप्रका मेलम्चीले संघीय प्रहरी एकाइ कार्यालय बाग्मतीसँग समन्वय गरी पोलीग्राफ परीक्षणसमेत गरेको थियो । परीक्षण र प्रहरीको अनुुसन्धानपछि अभियुक्त तामाङले विष खुुवाएको स्वीकार गरेकी हुुन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »