सपथको भोलिपल्टै जनकपुरका मेयर लालकिशोर लगायत सडकमा निस्केपछि....

प्रकाशित समय 7:13:00 PM
 घनश्याम मिश्र 
जनकपुर, १० असोज । जनकपुरधामको जनकचौक स्थित जयवीरको चिया पसलमा चिया को चुस्की लिएर गफिएको युवा तन्नेरी हरू घडी हेर्दै जनकदरबार तीर आफ्नो नजर केंद्रित गराएका थिए । जनक मंदिर भन्दा पूर्व दक्षिण कुनामा अवस्थित हनुमान मंदिर का बिनोद बाबा ले चिया पसल मा बसेकाहरू लाई ईसारा गर्दै मैथिली भासा मा भनेस “वाह आइब गेलो मेयर साव, अपन दूत भूत के संग“ सबैको हाथ मा पंजा र झाडु थियो ।
वार्ड ३ का नव निर्वा्चित अध्यक्ष दीपेन्द्र साह जनकमन्दिर तीर इशारा गर्दै थिए । पछाडि नागरपालिकको सरसफाई कर्मी र पानी पटाउने गाडी पनि साथै रहेको ले सर्वसाधरण सहजै ठम्याये अब सुरु हुने भो जनकपुर धाम को सरसफाई । जनकपुर उपमहानगपालिकाका लागि नव निर्वाचित प्रमुख लालकिशोर साह, उपप्रमुख रीता झा र उपमहानगरका अधिकांस वार्ड अध्यक्षहरू सार्वजिनक रूपमा मंगलबार जनकपुरको मुटु मानिने जनक चौकस्थित जनक मंदिरबाट सरसफाई सुरु गरेका छन । हरा भरा जनकपुर धाम, सफा सुग्घर जनकपुरधाम को परिकल्पा सहित एक दिन पूर्व सपथ ग्रहण गरे लगतै कार्यभार ग्रहण गर्नु भएका मेयर लालकिशोर साह लगयत नव निर्वाचित पदाधिकारी वार्ड अध्यक्षहरू हाथ हाथमा झाडू र कोदालों बाँकी सर सफाई गरेको दृश्य हेर्न भीड नै जम्मा भएको थियो ।
जनकपुर लाई जनकपुरधाम, ग्रीन जनकपुरधाम, क्लीन जनकपुर धाम को परिकल्पना सहित चुरोट, गुटका, पान पराग र तम्बाकू जथाभवी फाल्नेलाई कारवाही गर्ने मेयरको उद्घोषपछि अहिले भारतीय प्रधानमंत्री मोदी स्टाइलमा नगर प्रमुख सामाजिक संजाल र सूचना प्रविधिको प्रयोग गर्दै कार्य आरंभ गरेको मा स्थानीयहरू आशावादी भएको प्रतिक्रिया दिन्छन । मंगलबार एकाबिहानै ७ः३० बजे जनकमन्दिर बाट सुरु भएको सरसफाई कार्यक्रम राम मंदिर , राजदेवी मंदिर, रामपार्क हुदै मंदिर छेउ छाउ को पेटी सहित सरसफाई गरेको देखियो ।
सरसफाईमा जनकपुर उपमहानगरपालिकाको संयन्त्रलाई समेत प्रयोग गरियो । स्थानिय महावीर युवा कमिटी, राम युवा कमिटी लगायतका पूर्व अध्यक्ष र वर्तमान कार्यसमिति का पदाधिकारी समेतको सक्रिय सहभागिता देखियो । सफाईकर्मी, बारुण यंत्र, झाडू र सफाई सामग्री सहित उप महानगरपालिका कर्मचारी समेत देखाई दिए । जनताको प्रत्यक्ष निर्वाचनबाट जननिर्वाचित प्रतिनिधिले कार्य गरेको २० वर्षपछि देखा परेको यो दृश्य रमणीय र प्रसंशनीय रेहेको ऊप महानगरबाशीको प्रतिक्रिया दिएका थिए । वयो वृद्ध स्थानीय राजेस्वर दास ‘कथबनिया’ ले मुसक्क हास्दै भने “देख हो ! ई काम निरंतरता पयतो की वस देखावा मात्र हो“ यस्ता कार्यको निरंतरता बारे चितिंत थिए उनी राजेस्वर । ऐतिसाहिक मिथिला संस्कृतिको केन्द्र जनकपुरधामलाई धार्मिक पर्यटनको केन्द्र बनाउनु नै आज को आवश्यकतालाई स्थानियहरु जोड सोर का साथ उठाई रेहेको बेला, संभावित राजधानिको रूपमा समेत सर्वत्र चर्चा चलेको समय नव निर्वाचित पदाधिकारीले कसरी काम गर्ने गराउने मा पनि भर पर्छ र पांच वर्ष पछि हुने सामाजिक लेखा परीक्षणमा पास हुने नहुने वर्तमान उपमहानगरका निर्वाचित पदाधिकारी लागि पनि चुनौतीको विषय रेहेको हो ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »