
रौतहट प्रहरी प्रमुख एसपी यज्ञविनोद पोखरेलका अनुुसार सोमबार बिहान करिब ३.३० बजे आफ्नै घरको बरण्डामा सुतिरहेको समयमा अज्ञात समूहले अक्बरको छातिमा दुुई गोली हानेका थिए ।
घटनालगतै उपचारको लागि जिल्ला अस्पताल गौर लैजाने क्रममा बाटोमै मृत्युु भएको थियो । घटना राजनीतिक कारणले हुनसक्ने प्रहरीको प्रारम्भिक अनुुमान रहेको एसपी पाखरेलले जानकारी दिए ।
घटनामा संलग्न रहेको आशंकामा दुुई जनालाई नियन्त्रणमा लिएको र थप अनुुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
यसअघि कटहरिया नगरपालिका–३ बलुुआ टोलका राजपा कार्यकर्ता रामपुुकार यादवको हत्या भएको थियो । स्थानीय निर्वाचनको भोलिपल्ट गत असोज ३ गते बलुुआ टोलमा चुुनावकै विषय लिएर नेपाली काँग्रेसका कार्यकर्ताको कुुटाइबाट राजपा कार्यकर्ता यादवको घटनास्थलमै मृत्युु भएको थियो ।
उक्त घटनामा संलग्न रहेको भन्दै प्रहरीले कटहरिया नपा–३ का नेपाली काँग्रेसका उम्मेदवार गौरीशंकर यादवका १८ वर्षीय छोरा भुुटा राय यादव, काँग्रेस कार्यकर्ता अनुुठा यादव र बैजुुप्रसाद कलवारलाई प्रहरीले पक्राउ गरेको छ । वडा अध्यक्षका पराजित उम्मेदवार यादवसँगै उनका पक्षधर झण्डै दुुई दर्जन मानिस बेपता भएका छन् । उक्त घटनामा पनि राजनीतिक कारणले भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ
