करेन्ट लागेर उम्मेदवारकी श्रीमतीको मृत्यु

प्रकाशित समय 5:23:00 AM
पर्सा, २८ भदौ । वीरगञ्जमा एक महिलाको करेन्ट लागेर ज्यान गएको छ । वीरगञ्ज उपमहानगरपालिका वडा नम्बर ५ की प्रतिमा सिंह ठकुरीको करेन्ट लागेर ज्यान गएको हो । उनी नेकपा एमालेका तर्फबाट ५ नम्बर वडामा वडाध्यक्षका उम्मेदवार प्रदीप सिंह ठकुरीको श्रीमती थिइन् । पानी तान्ने मोटरबाट करेन्ट लिक भएको अवस्थामा धारा चलाउँदा उनलाई करेन्ट लागेको हो । नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारको क्रममा उनको निधन भएको परिवारले जनाएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »