इजाजत पत्र लिएका पसल, होटल, रेष्टुरेन्ट समेतमा रक्सी बिक्री वितरण र सेवनमा पूर्ण रुपमा रोक लगाइएको प्रहरीले जनाएको छ । यस्तै तीनवटै सुरक्षा निकायका प्रमुखहरुले मंगलबार बाराको कलैया पुगेर सुरक्षा अवस्था बारे जानकारी लिनु भएको छ । बिहान नेपाल प्रहरीका प्रहरी महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरीका महानिरीक्षक सिंह बहादुर श्रेष्ठ र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलीपराज रेग्मीले कलैया पुगेर बाराको सुरक्षा अवस्थाबारे जानकारी लिएको हो ।
चुनावका लागि गरिएको सुरक्षाको तयारीबारे स्थानीय सुरक्षा निकायका प्रमुखहरुसँग जानकारी लिएको बाराका प्रहरी उपरीक्षक राजकुमार वैदवारले बताए । सुरक्षा चुनौती र समस्या बारेसमेत सुरक्षा निकाय प्रमुखहरूले जानकारी लिएको हो । निरीक्षणका क्रममा अपराध नियन्त्रण गर्न र निष्पक्ष निर्वाचन गराउन प्रहरी महानिरीक्षक अर्यालले निर्देशन दिनु भएको प्रहरी उपरीक्षक वैदवारले जानकारी गराए ।
