वडाध्यक्षको उम्मेदवार छान्न चुनाव

प्रकाशित समय 6:20:00 PM
धनुषा, १८ भदौ । दुई नम्बर प्रदेशमा आउँदो असोज २ गते हुने स्थानीय तहको चुनावका लागि दलहरुले उम्मेदवार छनौट गरिरहेका छन् । यहिबिचमा महोत्तरीको बर्दिबासमा वडा अध्यक्षको उम्मेदवार छान्न चुनाव भएको छ । आकांक्षी बढी भएपछि नेकपा एमालेले बर्दिबास नगरपालिकाको वडा नम्बर १ मा अध्यक्ष पदका लागि चुनाव गरी उम्मेदवार छानौट गरेको छ ।
वडाध्यक्ष उम्मेदवारका लागि चार जनाले दाबी गरेपछि शनिबार चुनाव भएको हो । अबेर रातिसम्म सकिएको कुमार भण्डारी उमेद्वार चयन भएको जनाएको छ । वडामा ३४ संगठित सदस्य मध्ये चुनावमा ३२ जनाले मतदान गरेका थिए । जसमा भण्डारीले १३ मत प्राप्त गरेर उमेदवार बनेको हो  ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »