यसअघि साहु महाजनको मत लिएर सञ्जय साह (टकला) क्षेत्र नं. ४ बाट जित्दै आएका थिए । अब त्यही क्षेत्रबाट महतो लड्ने सोंच बनाएका छन् । अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो सर्लाहीका हुन् । सर्लाहीमा तीनजना नेता रहेका छन् । यसअघि महेन्द्रराय यादव र राजेन्द्र महतो एउटै क्षेत्रबाट चुनाव लडेका थिए, जहाँ राजेन्द्र महतो पराजित भएका थिए । अब फेरि पनि दुई जना यसरी नजुधुन् भन्ने उद्देश्यले पनि महतोलाई जनकपुर सार्न लागेको स्रोतको दावी छ ।
महेन्द्र राय यादवलाई सर्लाहीबाट लडाउने राजपाको तयारी छ । महन्थ ठाकुरलाई यसपटक चुनाव नलडाउने र उनलाई समानुपातिकमा राख्ने राजपाको तयारी रहेको छ । शरतसिंह भण्डारी महोत्तरीबाट, राजकिशोर यादव सिरहाबाट, अनिल झा रौतहटबाट चुनाव लड्ने राजपा नेपाल स्रोतले जनाएको छ ।
राजपा नेपाल धनुषा संयोजक संजय सिंहले भने, ‘अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो जनकपुरबाट चुनाव लडदिनुभयो भने हाम्रो लागि सौभाग्य हुनेछ ।’ ‘मधेश प्रदेशको राजधानी बन्न लागेको जनकपुरबाट राजपा नेपालका एकजना अध्यक्ष मण्डल चुनाव लड्दा राम्रो हुने कुरा जनमानसबाट नै आएको हो,’ उनले भने, ‘हामीले केन्द्रीय स्तरमा यस विषयमा कुरा गरेको छैन, अब औपचारिक रुपमा आग्रह नै गर्छौं ।’
यस विषयमा अध्यक्ष महतोसँग पटक पटक सम्पर्क गर्दा सम्पर्कमा आएनन् ।
