महोत्तरीका पत्रकार मेयरमा निर्वाचित

प्रकाशित समय 7:11:00 PM
बर्दिबास, ६ असोज । कमल चलाएर समाजको सेवा गरेका थिए। अवाज विहिनहरुको आवाज बोलेकै थिए, लेखेकै थिए । समाजमा चेतनाको सन्देश बाँड्न ओहोरात्र खटेकै थिए।यतिले मात्र पुगेन नेपाल पत्रकार महासंघ महोत्तरीका पुर्व अध्यक्ष हरिप्रसाद मण्डल
लाई । उनले असोज २ जते सम्पन्न स्थानीय तहको निर्वाचनबाट आफ्नै गाउँ मटिहानी नगरपालिकाको नेतृत्व गर्ने सपना देखें ।
युवालाई प्राथमिकतामा राख्दै राजपा नेपालले उनलाई फ्याटै मेयरमा टिकट पनि दिइहाले । उनले नगरपालिको मेयरमा उम्मेदवारी दिए। हेर्दा हेर्दैं उनले शुक्रबार सान्दार जित हाँसिल पनि गरेका छन् । पत्रकार मण्डलले ३ हजार ४ सय ९ मत ल्याएर विजयी भएका छन् ।
उनका प्रतिद्वन्दी नेकपा एमालेका मोहमद मुजिवुल रहमानभन्दा १ हजार ८ १२ मत बढी ल्याएर विजयी भएका हुन् । मुजिवुल रहमानले जम्मा १ हजार ५ सय ९७ मत प्राप्त गरेका थिए । बर्षैंदेखि राजनिति गर्नेहरुलाई पत्रकार मण्डलको जितले आर्चय चकित बनाएको छ । पत्रकारिता मार्फत समाजमा सेवा पुर्रुयाउदा उनलाई सबै चिन्थें । उनी मेयरमा उमेदवारी दिएको थाहा पाउदा युवा मतदाताहरुले बिशेष रुपमा पत्रकार मण्डललाई मत दिएर जिताएका छन् । बिजय जुलुसमा उनलाई स्थानीयहरुले घरघरबाट फूलको माला, अविर लगाउँदै खादा लगाइदिए । बीस बर्षदेखि अवरुद्ध विकास नेतृत्व पाएकोमा मटिहानिका स्थानीय दंग छन् ।
’कमल चलाएर समाजको लागि काम गरे। अब नागरिकलाई विकास दिन्छु । सबैको साथ, सबैको विकास नारालाई अघि सार्छु,’ निर्वाचित भएका पुर्व पत्रकार मेयरले भने, ’जनताको आवश्यकता के छ भनेर मलाई राम्री थाहा छ । दुई दशक पत्रकारीता गरेर समाजले के खोजेको छ, मलाई थाहा छ । म जनताको इच्छा पुरा गर्छु ।’
मेयरमा निर्वाचित मण्डल लगातार तीन कार्याकाल नेपाल पत्रकार महासंघ महोत्तरीको अध्यक्षमा रहेर काम गरिसकेका छन् । उनले २०७० सालमा राष्ट्रिय मधेश समाजवादी पार्टीबाट संसदीय निर्वाचनमा समेत चुनाव लडेका थिए । मण्डल राजपा नेपालका केन्द्रीय अध्यक्ष मण्डलका सदस्य शरत सिंह भण्डारीका खास विश्वासका पात्र छन् । पत्रकार मण्डललाई पत्रकारीताबाट राजपा अध्यक्ष मण्डलका सदस्य शरत सिंह भण्डारीले नै राजनितिमा ल्याएका हुन् ।
२०४९ सालमा तथ्य साप्ताहिकका सह–सम्पादक, २०५२ सालमा रासस महोत्तरी समाचारदाताका रुपमा उनले काम गरिसकेका छन् । तराईका जिल्लामा उनी सबै राजनितिकर्मी, संचारकर्मी सामु चिरपरिचित छन् । २०५६ साल देखि नेपाल टेलिभिजनको महोत्तरी समाचारदाताका रुपमा निरन्तर ढेड दसक समाचारदाताको रुपमा काम गरिसकेका छन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »