जसमा २ सय २१ मतदान केन्द्र अति संवेदनशीलको सूचिमा र १ सय ६ अति संवेदनशीलको सूचिमा रहेको धनुषाका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिए । शान्ति सुरक्षाको लागि अतिसंवेदनशील एउटा मतदानकेन्द्रमा ११ जना र संवेदशनशी मतदान केन्द्रको लागि ९ जना नेपाल प्रहरी खटाइएको उनले जानकारी दिए । प्रहरी उपरीक्षक सिंहका अनुसार निर्वाचन शान्तिपूर्ण एवं भयरहित वातावरणमा सम्पन्न गराउन शान्तिसुरक्षाको लागि जिल्ला भरिमा तीन हजारभन्दा बढीको संख्यामा मात्र नेपाल प्रहरी खटाइएको छ ।
यस्तै धनुषा जिल्ला भरिमा मतदान केन्द्र वरपर र बाहिरको शान्ति सुरक्षाको लागि मोवाईल सहितको २५ सय भन्दा बढीको संख्यामा सशस्त्र प्रहरी खटाइएको जनाएको छ ।
