प्रहरी उपरीक्षक चक्रबहादुर सिंहका अनुसार निर्वाचनमा खलल पु¥याउन सक्ने आशंकामा उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेहरुमा संघीय लोकतान्त्रिक समतावादी पार्टीका केन्द्रीय अध्यक्ष विमल अरगरिया यादव तथा उनका छोरा शिरीचन्द्र प्रताप यादव समेत रहेको एसपी सिंहले जानकारी दिए ।
नेकपाले निर्वाचन विथोल्न सक्ने आशंका स्थानीय प्रशासनको छ भन्ने अरगरिया नेतृत्वको संघीय लोकतान्त्रिक समतावादी पार्टीले निर्वाचन बहिष्कार गर्ने पर्चा पम्पलेट प्रकाशन गरी वितरण समेत गरेको एसपी सिंहले बताए । आफूलाई बिना कारण पक्राउ गरेको भन्दै अरगरिया जिल्ला प्रहरी कार्यालयभित्रै अनशनमा बसेको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
सोमबार हुने निर्वाचनका लागि जिल्लाभरिको शान्ति सुरक्षा कडा बनाइएको छ भने नेपाल भारत नाकामा आवागमन रोकिएको छ ।
