तारजाली भन्दा बाहिर दलका प्रतिनिधि बस्ने र तारजालीभित्र मत गनिएको छ । त्यस्तै कतिपय ठाउँका सिसी क्यामेरा समेत जडान गरेर मतगणना गरिएको छ । अहिले चुनाव भएका १ सय ३६ स्थानीय तह मध्ये निर्वाचन आयोगले १ सय १९ ठाउँमा मतगणना भइरहेको छ । केही ठाउँमा मतगणनाका क्रममा सामान्य विवादका कारण गणना स्थगित भएको छ । विभिन्न कारणले १७ वटा स्थानीय तहको गणना हुन नसकको र ती ठाउँमा गणनाको तयारी भइरहेको आयोगको भनाई छ ।
