प्रचण्डको निर्वाचन क्षेत्रमा पार्टीको एकक्षत्र विजयी

प्रकाशित समय 7:25:00 PM
सिरहा, ७ असोज । असोज २ गते सम्पन्न स्थानीय तहको मत परिणाम सार्वजनिक भईरहदा पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ निर्वाचित सिरहाको तत्कालिन क्षेत्र नं. ५ का सवै स्थानीय निकायमा माओवादीले एकक्षेत्र विजयी हासिल गरेको छ ।
यस क्षेत्रमा रहेका सवै स्थानीयतहहरु गोलबजार नगरपालिका, मिर्चैया नगारपालिका र कर्जन्हा नगारपालीका माओवादी केन्द्रले हात पारेका हुन् । पार्टीको तर्फबाट गोलबजार नगरपालिकाबाट उम्मेदवारी दिएका मेयर पदका उम्मेदवार देवनाथ साह, उपमेयर रेशमा कुमारी थापा विजयी भएको छ । यस नगरपालिकाका १३ वडा मध्ये ९  नेकपा माओवादी केन्द्र, दुईमा नेकपा एमाले र १÷१ वडामा नेपाली काग्रेस र संघिय समाजवादी फोम विजयी भएका छन् ।
उनीहरुका प्रतिद्वन्द्वी नेकपा एमालेका मेयर पदका उम्मेदवार श्याम श्रेष्ठ र सुनितादेवी सिंह रहेका थिए । जिल्लाको ८ नगरपालिका मध्ये धनगढी, गोलबजार, मिर्चैया, कर्जन्हा सहित ४ नगरपालिकामा माओवादी केन्द्र विजयी भएका छन् । औरही र अर्नमा २ गाउँपालिका सहित ६ स्थानीय तह माओवादीले आफ्नो पोल्टमा  पारेका छन् ।
माओवादी केन्द्रका तर्फबाट धनगढीमाईमा हरिनारायण चौधरी, मिर्चैयामा श्रवण यादव र कर्जन्हा नगरपालिकामा गंगा पासमान विजयी भएको छ । त्यसैगरी माओवादी केन्द्रकै तर्फबाट औरही गाउँपालीकामा सिद्धार्थ यादव र अर्नमा गाउँ पालीकामा ठकु महतो कोइरी प्रमुख पदमा विजयी भएका छन् ।
नेकपा एमालेले अहिलेसम्मको मत परिणाम अनुसार ४ स्थानीय तहमा विजय हासिल गरेका छन् । लहान नगरपालिकामा मुनि साह, सुखिपुर नगरपालिकामा रामऔतार यादव, नगारहा गाउँपालिकामा रामसरण यादव र सखुवा नन्कारकट्टी गाउँपालिकामा एमालेका केदारनाथ यादव विजयी भएको छ ।
नेपाली काग्रेसले दुई स्थानीय निकाय हात पारेका छन् । सूर्यनाथ मण्डवले कल्याणपुर नगरपालिका र नवराजपुर गाउँपालिकामा विश्वमोहन यादव विजयी भएका छन् । संघिय समाजवादी फोरम नेपालका तर्फबाट भगवानपुर गाउँपालिकामा बेचन यादव, विष्णुपुर गाउँपालिकामा जागेश्सवर यादव, वडियारपट्टी गाउँपालिकाबाट सन्तोष कुमार महतो, लक्ष्मीपुर पतारीबाट रामवलम साह विजयी भएको छ ।
सिरहाको १७ स्थानीय तह मध्ये १६ वटा स्थानीय तहको मत परिणाम सार्वजनिक भइसक्दा माओवादी केन्द्र ६, नेकपा एमाले ४, संघिय समाजवादी फोम ४, नेपाली काँग्रेसले २ स्थानमा विजयी हासिल गरेका छन् । सिरहा नगरपालिकाको मत गणना जारी रहेको छ । सिरहामा नेपाली काँग्रेस, नेकपा एमाले र संघिय समाजवादी फोरम विच कडा प्रतिस्पर्धा चालिरहेको छ ।
केन्द्रय नेताहरुकै गढ भत्कियो नेपाली काँग्रेसका नेता प्रदिप गिरी र पदमनारायण चौधरीको घर रहेको लहान नगरपालिकामा नेकपा एमाले विजयी भएका छन् । यहाँ नेकपा एमाले र नेपाली काग्रेसको कडा प्रतिस्पर्धा चलेको थियो । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सँग दोस्रो संविधानसभा निर्वाचनमा कडा प्रतिस्पर्धा  गरेर एकाएक चर्चामा आएका नेकपा एमालेका केन्द्रिय सदस्य लिलानाथ श्रेष्ठ आफ्नै वडा माओवादी केन्द्रका वडा अध्यक्ष जगत श्रेष्ठ विजयी भएको छ ।
दोस्रो संविधानसभाको निर्वाचनमा चर्चा र वावाही बटुल्नु भएको नेता श्रेष्ठमाथि आफ्नै घर भएको गोलबाजर नगरपालिकाको ७ नम्वर वडा समेत बचाउन नसकेपछि  पार्टीभित्रैबाट प्रश्न उठ्न थालेका छ ।
त्यसैगरी, राष्ट्रिय जनतापार्टी नेपाल (राजपा) का अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले आफ्नै घर रहेको नरहा गाउँपालिका नेकपा एमालेलाई बुझाएको छ । यादवको घर रहेको सिरहा तथा आफ्नै निर्वाचन क्षेत्र सिरहा क्षेत्र ६ बाट समेत कुनैै स्थानीय तहमा विजयी नभएपछि नेताहरुको हैसियतमाथि प्रश्न उठ्न थालेको हो ।
नेपाली काग्रेसकी कोषाध्यक्ष सीता देवी यादवको घर रहेको सिरहा नगरपालिकामा पनि धरमरको अवस्थामा छ । यहाँ नेपाली काग्रेस, नेकपा एमाले र संघिय समाजवादी फोरम विच कडा प्रतिस्पर्धा रहेको छ । उम्मेदवारीको विषयलाई लिएर विवादमा रहेका नेपाली काँग्रेसका जिल्ला अध्यक्ष तथा सासंद रामचन्द्र यादवले आफ्नै नगरपालिका माओवादी केन्द्रको जिम्मा लगाएको छ ।
दोस्रो संविधानसभा निर्वाचानमा ४ नम्वर क्षेत्रबाट निर्वाचित भएका यादवको क्षेत्रबाट पनि नेपाली काँग्रेस एक ठाउँमा पनि विजयी हुन सकेको छैन । जिल्लाका धेरै स्थानीय निकायहरुमा नेपाली काँग्रेसका तर्फबाट उम्मेद्वार विजयी हुने आशा गरिएपनि स्थानीय नेताहरुको विवादका कारण जिल्लामा नेपाली काँग्रेस पछाडी परेको कार्यकर्ताहरुको विश्लेषण रहेको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »