विप्लवका कार्यकर्ताले नवलपरासी मालपोत कार्यालय प्रमुखलाई कालोमोसो दले

प्रकाशित समय 6:48:00 PM
नवलपरासी, २९ भदौ । नवलपरासी मालपोत कार्यालयका प्रमुख खगेन्द्रराज घमिरेलाई विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले कालोमोसो दलेका छन् । बिहीबार दिउँसो पौने ३ बजेको समयमा घिमिरेको कार्यकक्षमा प्रवेश गरेर उनीहरुले कालोमोसो दलेका हुुन ।
तीनजनाको समूहमा आएका व्यक्तिले घिमिरेको कार्यकक्षको ढोका लगाएर कालोमोसो दलेर भागेको प्रत्यक्षदर्शीले बताए । कालोमोसो दलेपछि मालपोत कार्यालय परिसरमा पर्चा फ्याकेर कालोमोसो दल्ने व्यक्ति भागेको जनाइएको छ । जिल्ला जनपरिषद् (जनसत्ता) नवलपरासीको नाममा फालिएको पर्चामा सुकुम्बासी आयोगले दिएको जग्गाको किर्ते प्रमाण खडा गरी किर्ते श्रेष्ता कायम गरेको र यस बापत लाखौं रुपैयाँ ठगी गरेकाले कालोमोसो दलिएको उल्लेख गरिएको छ ।
तीस लाखभन्दा बढी थैली र अंक घटाई लाग्ने पूँजीगत लाभकर नलाग्ने बनाई सो वापत लाखौ रुपैयाँ रजिष्ट्रेशन फाँटबाट बेच्ने र व्यक्तिबाट रकम असुल्ने गरेको लगायत उल्लेख गरिएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »