मृत्यु हुनेमा महाभारत २ का पाँचजना र चालक छन् । महाभारत–२ की ३५ वर्षीया खेलीमाया वल, २० वर्षीया पुतलीमाया वल, २२ वर्षीया लेहन्दीमाया जिम्बा, २७ वर्षीया मनिता मोक्तान र १९ वर्षीय कुमारी जिम्बाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी निरीक्षक रविराज थपलियाले जानकारी दिए । थपलियाका अनुसार मृतक चालकको पहिचान खुलेको छैन ।
सख्त घाइते ८ वर्षीय अभिषेक तामाङलाई हेलिकप्टरमार्फत उद्धार गरेर काठमाडौं उपचारको लागि पठाइएको प्रहरीले जनाएको छ । घाइते बालकको कान्ति बाल अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ । काभ्रेपलाञ्चोक जिल्लाको डाँडापारि सडक सञ्जालले जोड्न नसकिरहेका क्षेत्रमा सडक पुगेको ठाउँसम्मका लागि दसैंमा घर जानेले गाडी रिजर्भमा लगेको बुझिएको छ ।
