वडाध्यक्ष पदका उम्मेदवार यादवको निधन

प्रकाशित समय 6:31:00 PM
सप्तरी, ३१ भदौ । राजविराज नगरपालिका १५ मा राष्ट्रिय जनता पार्टी (राजपा)को तर्फबाट वडाअध्यक्षका उम्मेदवार महन्थी यादवको निधन भएको छ ।
६६ वर्षिय यादव क्यानसरबाट पीडित थिए । मौन अवधि सुरु हुनु भन्दा अघिसम्म चुनाव प्रचार प्रसारमा रहेका यादवको घरमै आराम गरिरहेको अवस्थामा निधन भएको राजविराज नगरपालिकामा राजपाका मेयर पदका उम्मेदवार शम्भु यादवले जानकारी दिए  । महन्थी साविकको देउरीभरुवा गाविसका पूर्व अध्यक्ष समेत हुन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »