माओवादीले सिरहाको कर्जन्हा न.पा.बाट र राजपाले धनुषाको हंसपुर न.पा.बाट जनकपुरबाट खाता खोल्यो

प्रकाशित समय 7:25:00 PM
सिरहा, ४ असोज । नेकपा माओवादी केन्द्रले दुई नम्बर प्रदेशको सिरहाबाट जीतको खाता खोलेको छ । सिरहाको कर्जन्हा नगरपालिकाको मेयर र उपमेयरमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका हुन् ।
मेयरमा गंगा पासवान ४ हजार ३०९ मतसहित विजयी भएका छन् । यसैगरी उपमेयरमा ज्ञानुकुमारी श्रेष्ठ ४ हजार ३१३ मतसहित विजयी भएकी छन् । मेयरमा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रामदियाल महतोले ३ हजार १९० र उपमेयरमा एमालेकै अञ्जु रायले २ हजार ९४५ मत पाए । कर्जन्हाका ११ मध्ये ९ वडामा माओवादी केन्द्र विजयी भएको छ ।
कर्जन्हा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्रमा पर्दछ ।
त्यस्तै धनुषाको हंसपुर नगरपालिकामा मेयर र उपमेयर दुवै पदमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका उम्मेदवार क्रमशः रामज्ञान मण्डल र रेणुदेवी झा विजयी भएका छन् । मेयरमा मण्डलले ३ हजार ३ सय २० र उपमेयरमा झाले ३ हजार २ सय ७६ मत प्राप्त गरेका छन् । मण्डलका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका प्रदिपकुमार यादवले ३ हजार २ सय २९ र उपमेयर झाकी निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसकै रामकुमारी कामतले ३ हजार २७ मत पाएकी छन् । यस नगरपालिकामा सुरुदेखि अग्रता देखाइरहेका संघीय समाजवादी फोरम नेपालका मेयर उम्मेदवार रामनारायण कापरी र उपमेयरकी उम्मेदवार शिवकुमारी देवी भने अन्तिम मतपरिणाम सार्वजनिक हुँदासम्म तेस्रो स्थानमा पुगेका छन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »