वेपत्ता वालक फेला परेनन, छोरा पत्ता लगाई दिन वावुको आग्रह

प्रकाशित समय 9:41:00 AM
राजविराज, ३० असोज । विष्णुपुर गाउँपालिका ५ का एक वालक वेपत्ता भएको २१ दिन भयो । अझै भेटिएका छैनन् । परिवारमा रुवावासी छ, सवैतिर खोज्दा समेत फेला पर्न नसकेपछि छोरा पत्ता लगाई दिन सोमवार वावु रामेश्वर यादव पत्रकार गुहार्न सदरमुकाम राजविराज आईपुगेका छन् ।
११ वर्षीय छोरा महेश फेला नपर्दा विगत २१ दिनदेखि पुरै परिवारको भोक र निन्द्रा दुवै हरेको छ । रामेश्वर यादव राजविराज स्थित सडक विभागको साइड कार्यालयमा पियन पदमा कार्यरत छन् । उनी सपरिवार गाउँमै वस्दै आएपनि सडक विभागको कार्यालय कम्पाउण्ड भित्रै पाएको एउटा सानो कोठामा पढाईका लागि जेठा छोरा सचिनसँगै कान्छो छोरा महेशलाई राख्दै आएका छन् ।
राजविराज स्थित वल्र्ड भिजन स्कुलमा कक्षा ५ मा पढ्ने कान्छो छोरा महेश असोज ९ गते विहानवाट वेपत्ता छन् । दाई सचिनलाई एकैछिन वाहिर खेलेर आउँछु भन्दै निस्केका उनी हालसम्म घर फर्केका छैनन् । सोहि दिन देखि अभिभावक खोजीमा जुटेपनि हालसम्म महेशको पत्ता लाग्न नसकेको हो ।
भारतसँग सिमा जोडिएको क्षेत्रमा खोज्दा पनि छोरा फेला पार्न नसकीएको रामेश्वरले पत्रकार सम्मेलनको आयोजना गरी सुनाएका छन् । वावु रामेश्वरका अनुसार उनले वेपत्ता छोराको खोजी गरिदिन आग्रह गर्दै असोज ११ गते प्रहरीमा पनि निवेदन दिई सकेका छन, तर प्रहरी खोजतलास जारी छ भन्ने आश्वासन वाहेक केहि नपाईएको उनको गुनासो छ ।
उनले राजविराज ८ वस्ने २८ वर्षीय राहुल यादवको आफनो छोराको अपहरणमा संलग्नता भएको हुन सक्ने आशंका समेत ब्यक्त गर्दै उनलाई छानविनका लागि नियन्त्रणमा लिनु पर्ने माग पनि गरेका छन् । ‘स्कुल विदाका वेला पटक–पटक राहुलले छोरा महेशलाई मोटरसाईकलमा लिएर मुसहर्निया गाउँस्थित उनको कुखुरा फारममा लिएर जाने गर्थे’ रामेश्वरले भने, ‘‘यो विषयलाई लिएर पटक पटक उनीसँग विवाद पनि भएको थियो ।’ सोहि निहुँमा उनले महेशलाई वेपत्ता वनाएको हुन सक्छ ।’ रामेश्वरले आशंकालाई थप पुष्टि गर्दै भने, ‘‘छोरा वेपत्ता भएकै दिनदेखि राहुलको कुखुरा फर्ममा काम गर्ने एक भारतीय कामदार पनि वेपत्ता छन् ।’
उनले राहुलकै निर्देशनमा ती भारतीय नागरिकले महेशलाई वेपत्ता वनाएको हुन सक्ने जिकिर गर्दै राहुललाई समाए सवै रहस्य खुल्ने वताएका छन् । उनले हालसम्म कसैवाट कुनै माग नआएकोले छोराको अपहरण भन्दा पनि कसैले वदला लिने उद्देश्यले छोरालाई वेपत्ता वनाएको दावी गर्दै खोजविनमा सहयोग गरिदिन पहलका लागि अनुरोध गरेका छन् ।
प्रहरी उपरिक्षक मुकेशकुमार सिंहले वेपत्ता महेशको खोजीका लागि सवै श्रोत साधन परिचालन गरिएको वताए । उनले वेपत्ता महेशका वावु रामेश्वरले शंका गरेका ब्यक्तिलाई पनि अनुसन्धानको क्रममा झिकाई आवश्यक सोधपुछ र वेपत्ता रहेका अर्का भारतीय नागरिक बारे पनि आवश्यक जानकारी लिने काम भईरहेको वताएका छन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »