राजविराजबाट हतियारसहित एक पक्राउ

प्रकाशित समय 7:43:00 PM
राजविराज, १९ असोज । सप्तरीको राजविराज नगरपालिका–१३ बाट हतियारसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही वडा नं बस्ने ५४ वर्षीय लक्ष्मण यादव रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । पक्राउ परेका यादवको साथबाट एक थान कटुवा पेस्तोल, सोमा प्रयोग हुने एक राउण्ड गोलीसमेत बरामद गरिएको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए ।
यादवले अवैधरुपमा हतियार घरमा लुकाई राख्ने र हतियार देखाएर स्थानीयलाई धम्काउने गरेको जानकारीअनुसार जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीको टोलीले उनलाई हतियारसहित पक्राउ गरेको प्रहरी उपरीक्षक सिंहले जानकारी दिए ।
प्रहरीले चेकजाँच गर्ने क्रममा यादव सुत्ने कोठाको खाटमुनि प्लाष्टिकमा लुकाएको अवस्थामा कटुवा पेस्तोल र गोली बरामद गरेको उनले जानकारी दिए । यस विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »