छुट्टाछुट्टै दुर्घटनामा १५ यात्रुको मृत्यु, १२ घाइते

प्रकाशित समय 7:48:00 AM
उदयपुर, १३ कार्तिक । छुट्टाछुट्टै भएको सवारी दुर्घटनामा १५ यात्रुको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । बुटवलबाट तम्घास जाँदै गरेको माइक्रो र उदयपुरको कटारीबाट ओखलढुंगा गइरहेको सुमो दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको हो । बुटवलबाट गुल्मीको तम्घास जाँ
दै गरेको माइक्रोबस गुल्मी दरबार गाउँपालिका–४ बीरबास नजिकै  दुर्घटना भएको छ । दुर्घटनामा परी ९ जनाको मृत्यु भएको छ भने ८ जना गम्भीर घाइते भएका छन् । केही घाइतेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
६ यात्रुको घटनास्थलमा र ३ जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेहरुलाई उपचारको लागि पाल्पा पठाइएको छ । बुटवलबाट १३ जना यात्रु लिएर गुडेको माइक्रोले बाटोमा थप यात्रु चढाएको थियो । यस्तै सिद्धिचरण राजमार्गमा भएको जिप दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । कटारीबाट १० जना यात्रु बोकेर ओखलढुंगा गइरहेको ना १ ज ३४०४ नम्बर टाटा सुमो जिप कटारी ११ मा पर्ने सिद्धिचरण राजमार्गको ठाँटी भन्ज्याङ खण्डमा दुर्घटना भएको हो ।
दुर्घटनामा मृत्यु भएकाको सनाखत हुन सकेको छैन । उदयपुरका प्रहरी उपरीक्षक नवराज भट्टका अनुसार घटनास्थलतर्फ प्रहरी टोली पठाइएको छ । स्थानीय बासिन्दाले जिप सडकबाट करिब ८ सय मिटर तल खसेको छ । कटारीबाट १० जना यात्रु बोकेर हिँडेको बताइए पनि बीचमा यात्रु थपिएको वा नथपिएको जानकारी नभएकाले कति यात्रु थिए भन्ने यकिन नभएको प्रहरीको भनाइ छ ।
उद्धार कार्यमा खटिएको कटारी नपा–११ का वडाध्यक्ष दीपक बुढाक्षत्रीका अनुसार एकजना बालकलाई सकुशल गाडीबाट निकालिएको छ । मृत्यु हुनेमा १ जना महिलासहित ५ पुरुष रहेका छन् ।  ३ जना घाइतेको कटारी अस्पतालमा उपचारको लागि पठाइएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »