प्रथम मेयर गोल्डकपमा झापा ११ विजयी

प्रकाशित समय 9:23:00 AM
सिरहा, २७ असोज । सिरहाको गोलबजारमा जारी ‘प्रथम मेयर गोल्डकप‘ फूटवल प्रतियोगिताको शुक्रबार भएको तेस्रो खेलमा झापा ११ एफसीटी विजयी भएको छ । वीरञ्ज युथ एकेडेमीसँग भएको खेलमा झापाले सून्यको विरुद्ध ३ गोल गर्दै विजय भएको हो ।
झापाको लागि जर्सिन्वर नं. १० का विकेश लिम्बु, २१  का निशान खड्का र १७ नम्वर जर्सिका खेलाडी सविन कटुवालले १÷१ गोल गरेका थिए । गुरुधाम फूटवल क्लव, गोलबजार नपा २ गुरुधामको आयोजनामा असोज २५ गतेदेखि जारी खेलमा ८ वटा टिम सहभागी रहेको छ ।
आज शनिवारको खेल आयोजक र इटहरी ११ सुनसरी विच हुने अयोजकले जनाएको छ । आजको खेलमा म्यानअफदी म्याच झापा ११ का जर्सि नम्वर १७ का खेलाडी योगेश गुरुङ भएका छन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »