सिरहामा थप आठ सय पक्की घर निर्माण हुने

प्रकाशित समय 6:37:00 PM
गोलबजार, १ कार्तिक । सिरहा जिल्लाका विभिन्न नगरपालिका तथा गाउँपालिकामा दलित तथा अति विपन्न परिवारका लागि यस वर्ष थप ८०० पक्की घर निर्माण गरिने भएको छ । सरकारले सञ्चालन गरेको जनता आवास कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्ष ०७४÷०७५ मा दलित तथा अतिविपन्न परिवारका लागि ८०० आवास भवन (पक्की घर) निर्माण गरिने भएको हो ।
जिल्लाका स्थानीय तहका प्रमुख, राजनीतिक दलका प्रतिनिधिलगायतको बैठक बसेर जनता आवास घर निर्माणका लागि नगरपालिका र गाउँपालिका तथा घर संख्या टुंग्याइने शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय राजविराजका प्रमुख रमेश थिङले जानकारी दिए ।
यसअघि आव ०७३÷०७४ मा छनोट भएका सिरहाका विभिन्न नगरपालिका तथा गाउँपालिकामा एकहजार घर निर्माणको काम भइरहेको प्रमुख थिङले बताए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »