चाडपर्वमा विशेष सुरक्षा सतर्कता

प्रकाशित समय 7:31:00 PM
रवीन्द्र उप्रेती
महोत्तरी, २ कार्तिक । चाडपर्वको बेला सर्वसाधारणमा सुरक्षा अनुभूति गराउन यहाँ तिहार, छठ विशेष सुरक्षा योजना सञ्चालान गरिएको छ ।
प्रहरी उपरीक्षक कुवेर कडायतकाअनुसार पर्वको रमाइलोलाई गलत तत्वले अवसरको रुपमा लिन नपाओस् भनेर तिहार र छठलाई लक्षित गर्दै विशेष सजगता अपनाइएको हो । विशेष सुरक्षा योजनाअन्तर्गत गत अहिले जिल्लाभर सादा पोशाकमा प्रहरी परिचान गरिएको छ भने सीमा क्षेत्रका बस्ती र भन्सार नाकामा गस्ती निगरानी र सुरक्षा सर्तकता बढाईको उनले जनाए ।
विशेषतः मदिरा, पटका र तास–जुवालाई केन्द्रमा राखी तिहार, छठ विशेष सुरक्षा योजना परिचालन गरिएको हो । विवाद, झैझगडा र आपराधिक घटना हुन नपाओस् भनेर मदिरा उत्पादन, सेवन र कारोवारमा कडाई गरिएको छ ।
यसैबीच ४३ अवैध मदिराभट्टीमा क्षति पु¥याई ३० लाख मूल्य बराबरको साढे ४ हजार लिटर तयारी मदिरा, १२ हजार लिटर कच्चा पदार्थ तथा मदिरा उत्पादनमा प्रयोग हुने सामग्री नष्ट गरिएको प्रहरीले जनाएको छ । ‘पर्व र सांस्कृतिक अधिकारको नाममा जथाभावी मदिरा सेवन गरी होहल्ला गर्नेमाथि सादा पोसाकमा परिचालित प्रहरीले कडा निगरानी राखेका छन’ कडायतले भने ।
त्यस्तै नेपाल प्रहरी र सशस्त्र प्रहरीले बर्दिवास, गौशाला, जलेश्वर र सीमा नाकाबाट अहिलेसम्म ३ लाख बढी मूल्यका विभिन्न प्रकार र प्रकृतिका भारतीय पटाका पक्राउ गरी सार्वजनिक रुपमा नष्ट गरेको छ । ‘महोत्तरी सीमा क्षेत्रको जिल्ला भएकोले पर्वको बेला धार्मिक सद्रुभावप्रति पनि उत्तिकै सजगता अपनाइएको छ’ कडायतले भने ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »