जनकपुरमा ट्राफिक प्रहरीले अटोरिक्सा व्यवसायीहरुमाथि ज्यादती गरेको आरोप

प्रकाशित समय 9:17:00 AM
धिरेश दत्त
जनकपुर, १४ कार्तिक । जनकपुरमा ट्राफिक प्रहरीले अटोरिक्सावालाहरुमाथि ज्यादती गरेको आरोप लागेको छ । दिनहँु मजदुरी गरेर दुई पैसा आर्जन गरी आफ्नो बालबच्चा तथा घर व्यवहार मिलाउन आफै निर्भर बन्न खोज्दा पनि जनकपुर ट्राफिक प्रहरीले आफ्नो सपना पुरा हुन नदिने खेलमा लागेको अटो रिक्सा सञ्चालक राजेश साहले बताए ।
अटो रिक्सा प्राईभेट नम्बरमा सावारी ओसारपसार गेरेको, सरकारी नम्बर न लिएको, साथै नम्बर नै नराखि रिक्सा सञ्चालन गरेको भनी धनुषा ट्राफिक प्रहरीले आईतबार बेलुकी २ बजे करिब २ दर्जन भन्दाबढी अटो रिक्सा आफ्नो नियन्त्रणमा लिई जानकी प्रहरी चौकीको जिम्मा लगाएका छन् । तर, अटो रिक्सा सञ्चालकहरुले चार चक्कामा लाग्ने शुल्क करिब रु २५ हजार आफूहरुको अटो रिक्सामा पनि लाग्ने भएकाले चार चक्का र अटो रिक्सामा सामान सुल्क लाग्ने भएकाले अफूहरु तिर्न नसक्ने भएको बताएका छन् । एता, जानकी चौकीका असईले अफूलाई रु १ हजारका दरले फाईन काट्ने आदेश दिएकाले फाईन नकाटि गाडि दिन नमिल्ने जनाएको छ भने अटो रिक्सा सञ्चालकहरुले आफूहरुको आम्दानी सोचे अनुसार नभएको र बजारमा प्रतिस्पर्धा गर्नु परिरहेकोले आफूहरुले उक्त फाईन तिर्न असमर्थ रहेको बताएका छन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »