सुरुङ खनेर रौतहटका ६ घरबाट चोरी

प्रकाशित समय 10:12:00 AM
रौतहट, ३१ असोज । रौतहटको मौलापुर नगरपालिकाका ६ घरमा चोरी भएको छ । चोरले ती घरबाट लाखौं मुुल्य बराबरको धनमाल चोरेर लगेका छन् । सोमवार राती चोरहरुले सुुरुङ खनेर मौलापुुर नपा १ मर्यादपुुर टोलका हृदय बैठा धोबी, महेन्द्र साह कानुु, रामाज्ञा यादव, भजुुराम महतो, राधेश्याम पटवा, सुुरज तिवारीका घरमा सुुरुङ खनेर  ६ लाख बराबरको धनमाल लगेका हुन् ।
धोबीको घरबाट नगद दुुई लाख,चाँदीको हँसुुली १ थान,चाँदीको गोँडाई २ थान,कानुुको घरबाट नगद ४० हजार, यादवको घरबाट नगद ५० हजार लगेको पीडितहरुले बताएका छन् । त्यस्तै महतोको घरबाट नगद एकलाख ५० हजार,  पटवाको घरबाट ६० हजार र  तिवारीको घरबाट नगद एकलाख र एकथान लाभा कम्पनीको साधारण मोबाईल चोरेको पीडित परिवारले जनाएका छन् ।
इलाका प्रहरी कार्यालय बिजयपुुरका प्रमुख धर्म मुुडभरीले घटनाबारे छानबीन भईरहेको जानकारी दिए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »