विश्व दृष्टि दिवस मनाउनको औचित्य के हो ?

प्रकाशित समय 10:04:00 AM
विश्व दृष्टि दिवस,१२ अक्टुवर २०१७को उपलक्ष्यमा सगरमाथा चौधरी आँखा अस्पतालका प्रमुख डा.लिलाराजपुरि सँगको अन्र्तवाता
आँखाको महत्व  के छ ?
हामी सबैलाई थाहा छ आँखा हाम्रो शरिरको अति महत्वपूर्ण अँगहो । आँखा न देख्नु भनेको संसारै अध्यारो भए जस्तै हो । तथापि दृष्टिविहिन व्यक्तिहरुले पनि धेरै प्रगति गरेको हामी सुनेका छौ तर यस्तो नहुन दिनको लागि विशेष गरि रोकथामका लागि ध्यान दिनु पर्छ यसको लागि हरेक उमेरको लागि केहि न केहि विचार पु¥याउनु पर्छ जस्तै कुनै बच्चा जन्मिन्छ त्यतिबेला नै स्टरलिटि मेन्टेन गर्नु पर्छ अर्थात सेफ डेल्भरी गराउनु पर्छ, अन्यथा संक्रमण हुन सक्छ र आँखानै बिग्रन सक्छ । यदि बच्चा जन्मदा नै आँखा रातो भएको छ, चिप्रा जस्तो देखिन्छ या डिभेक्ट जस्तो देखिन्छ भने आँखा अस्पतालमा आएर देखाउनु पर्छ । यदि बच्चाहरु घरमा हिडदा ठोकिने,  न देखे जस्तो देखिन्छ भने शंका गर्नु पर्ने हुन्छ र छिटै अस्पताल वा आँखा उपचार केन्द्र ल्याउदा बेलैमा उपचार गरेर निको बनाउन सकिन्छ । साथ साथै बच्चाहरु स्कूल जानु भन्दा अगाडी आँखा जाँच गराउनु पर्यो र आँखाको पावर चेक गर्नु पर्छ र प्रत्येक वर्ष कम्तीमा एक पटक जाँच गराउनु पर्छ । व्यस्कलाई आँखामा केहि पर्यो वा चोट पटक लाग्यो भने आफैले वा झाडफुक नगरिकन आँखा अस्पताल वा प्राथमिक आँखा उपचारकेन्द्रमा चेक गराउनु पर्छ । अब अहिले डाईबिटिज बढि रहेको छ त्यसैले डाईबिटिजलाई कन्ट्रोलमा राख्ने साथै वर्षमा कम्तिमा एक पटक नियमि तजाँच गराउने र साथ साथै बच्चामा चश्मा दिएको छ भने नियमित प्रयोग गर्ने अन्यथा आँखामा समस्या आउन सक्छ र डा.को सल्लाह बिना आँखामा कुनै प्रकारको औषधी साथै जडीबुटि प्रयोग नगर्ने । आँखालाई चोट पटक बाट बचाउनका लागि चश्मा लगाउनु पर्छ, फोहर पानीआँखामा हाल्नु हुदैन । आज १२ अक्टुवर २०१७,विश्व भरि भव्यताको साथ यो दिवस मनाउनगई रहेको छ ।
विश्व दृष्टि दिवस मनाउनको औचित्य के हो ?
आँखाको समस्यामा सबैको ध्यान जाओस र आँखा स्वास्थ्यमा जनचेतना बढोस भनेर विश्व दृष्टि दिवस मनाउने गरिन्छ । अन्धोपन निवारणका लागि अन्तर्राष्ट्रिय सस्थाको तथ्याकं अनुसार आज विश्वमा ७.३ अरब जनसख्यामध्ये २५३ करोड मानिसलाई कुनै न कुनै प्रकारको आँखाको समस्या रहेको छ । जसमध्ये ८० प्रतिशत आँखाको समस्याहरु रोकथाम तथा उपचार गरि दुर गर्न सकिन्छ । पहिला नेपालमा ०.८ प्रतिशत अन्धोपन देखिएको थियो हाल नेपालमा अन्धोपन को नयाँ तथ्याकं अनुसार ०.३४ प्रतिशत अन्धोपना देखिएको छ । यस वर्ष विश्व दृष्टि दिवसको मूलनारा ूमेक भिजन काउन्टू हो यसको अर्थ हो कि जसको जति दृष्टि छवहाँहरुको जिवनमा परिवर्तन ल्याउनका लागि विभिन्न प्रकारको विधि अपनाएर वहाँको जिवनमा सहजता ल्याउनु । यसको लागि आँखा स्वास्थ्यको लागि रोकथाम, र उपचार मात्र नभएर न्यून  दृष्टि भएकालाई समाजमा पूर्नस्थापन गरि जीवनमा सकारात्मक परिवर्तन ल्याउनु हो ।
पहिला र अहिलेको आँखाको रोगहरुमा के परिवर्तन भएको छ ?
नेपालमा पहिला आँखाको अन्धोपन हुने मुुख्य कारणको रुपमा केटेरेक्ट, पोस्टेरियर सिगमेन्ट, ग्लोकोमा, ट्रेकोमा, कोर्नियल अलसर हुने गर्दथ्यो र यसका लागि विभिन्न आँखा अस्पताल तथा दातृ संस्थाले निउनिकरणको लागि काम गरिरहेको छ तर अहिले आँखाको नयाँ नयाँ रोगहरु भनेको डाईबिटिक रेटिनोप्याथि, ग्लोकोमा, रिफरेक्टिभ एरर, उमेर अनुसारको रेटिनल डिजिज, बच्चाको आँखाको समस्या जस्ता रोगहरु देखिने गरेको छ अहिले हामिले केटेरेक्ट जस्ता रोगको राम्रो उपचार गरिरहेका छौ तर यो नयाँ नयाँ आँखाको रोग लाई निउनिकरण गर्ने मुख्य चुनौतिको रुपमा रहेको छ । नेपाल नेत्र ज्योतिअन्र्तगत, पूर्वान्चल क्षेत्रिय आँखा उपचार कार्यक्रम अन्र्तगत सगरमाथा चौधरी आँखा अस्पताल लहान, बिराटनगर आँखा अस्पताल विराटनगर र १६ वटा प्राथमिक  उपचार कार्यक्रममार्फत नयाँ नयाँ प्रविधि र प्राविधिकको विकाश गरेर आँखा स्वास्थ्यको लागि विभिन्न कार्यक्रम गरिरहेको छ साथै विभिन्नथप सेवाहरु लागत प्रभावकारी रुपमा संचालन भई रहेको छ ।
यस वर्ष विश्व दृष्टि दिवस २०१७को अवसरमा सगरमाथा चौधरी आँखा अस्पतालले कुनकुन कार्यक्रम गर्दैछ ?
यस वर्ष सगरमाथा चौधरी आँखा अस्पताल ले विभिन्न कार्यक्रम गर्ने जसमा रैलि कार्यक्रम, आँखा स्वास्थ्य शिक्षाको लागि चित्रप्रर्दशनि, समुदायमा जनचेतनाको लागि विभिन्न कार्यक्रम गर्ने योजना रहेको छ साथै वर्दिबासमा आँखा उ

पचार केन्द्रको पनि स्थापना र संचालन गर्ने भएकोे छ ।
राजिव रंजन कर्ण, अनुसंधानअधिकृत, पूर्वान्चल क्षेत्रियआँखाउपचार कार्यक्रम

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »