आगामी निर्वाचनमा सरकारले चारै तहका सुरक्षा निकाय परिचालन गर्ने

प्रकाशित समय 6:36:00 PM
काठमाडौं, १ कार्तिक । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनलाई स्वच्छ निष्पक्ष र धाँधली रहित बनाउन सरकारले चारै तहका सुरक्षा निकाय परिचालन गर्ने भएको छ । सिंहदरबारमा बुधबार बसेको राष्ट्रिय सुरक्षा परिषद बैठकले निर्वाचनलाई भयरहित बनाउन चारै तहका सुरक्षा निकायलाई परिचालन गर्ने निर्णय गरेको हो ।
स्थानीय तहको निर्वाचनमा जस्तै मतदान केन्द्रको पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र बाहिरी घेरामा नेपाली सेना परिचालन गर्ने निर्णय भएको रक्षामन्त्री भिमसेनदास प्रधानले जानकारी दिए । बैठकमा मतदान केन्द्रको सुरक्षा, मतपत्र मतदान केन्द्रसम्म पु¥याउने व्यवस्था, मतपेटिका ढुवानी र मतदाताको सुरक्षाको लागि अपनाइने व्यवस्थाको विषयमा छलफल भएको मन्त्री प्रधानले बताए ।
यस्तै निर्वाचनको सुक्ष्म अनुसन्धानका लागि राष्ट्रिय अनुसन्धानका कर्मचारी खटाउने सरकारले तयारी गरेको छ । प्रतिनिधी सभा र प्रदेशको निर्वाचन नजिकिएसँगै प्रधानमन्त्रीको अध्यक्षतामा गठित राष्ट्रिय सुरक्षा परिषदको बैठक बुधबार बसेको हो । सो परिषदमा रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्य सचिव र प्रधान सेनापति सदस्य तथा रक्षा सचिव सदस्य सचिव रहने संविधानिक व्यवस्था छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »