राप्रपा सहप्रवक्ता मोहन श्रेष्ठले मन्त्रीहरु नियुक्त भएको भए पनि शपथको खबर नआएको बताए । नवनियुक्त मन्त्रीहरुको सिफारिस बोकेर प्रधानमन्त्री देउवा राष्ट्रपति कार्यालय पुगेका थिए । मन्त्रीहरुको शपथ समय भने नतोकिएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।
कांग्रेससँगको सत्ता साझेदारी तोड्दै माओवादीले प्रमुख विपक्षी एमालेसँग चुनावी गठबन्धन गरेपछि देउवाले माओवादी मन्त्रीहरुलाई निश्कासनको तयारी गरेका छन् । माओवादीले सम्हालेका मन्त्रालय दिने भएपछि राप्रपाले दुई दिनअघि मात्रै देउवा सरकारलाई समर्थन गर्ने निर्णय गरेको थियो ।
