अपहरणको आरोपमा पक्राउ

प्रकाशित समय 9:52:00 AM
महोत्तरी, ५ कार्तिक । अपहरणमा परेका एक युवक एक सातापछि मुक्त भएका छन् । एक साता अगाडि आफ््नै घरबाट अपहरणमा परेका मनरासिस्वा नगरपालिका– ९ का ३४ वर्षीय सुरेशराम चमारलाई प्रहरीले आइतबार अपहरणमुक्त गरेको हो ।
सिरहा प्रहरीको सहयोगमा चमारलाई अपहरणमुक्त गर्नुका साथै अपहरणमा संग्लन भएको आरोपमा सप्तरी नगरपालिका– का  १८ वर्षीय सञ्जीवकुमार यादव र १९ वर्षीय वरुणकुमार यादवलाई पक्राउ गरिएको महोत्तरीका प्रहरी उपरीक्षक कुवेर कडायतले जानकारी दिए ।
गत असोज २९ गते घरबाटै अपरहणमा परेका चमारको परिवारसँग अपहरणकारीले फोनमार्फत आइएमइबाट रु दुई लाख ७० हजार माग गरेको उनले बताए । चमार वैदेशिक रोजगारबाट केही दिन अगाडि मात्र घर फर्केका थिए । घटनाबारे अनुसन्धान भइरहेको छ ।
त्यस्तै एक हप्ताअघि अपहरणमा परेका भारतीय व्यापारीलाई प्रहरीले सप्तरीको कञ्चनरुप नगरपालिकाको अम्बरबहादुर मगरको घरबाट सकुशल मुक्त गराएको छ ।
भारत बिहारका कपडा व्यापारी अमितकुमार शारदा गएको शुक्रबार कञ्चनरुप नगरपालिकाबाट अपहरणमा परेको थियो । उनको अपहरणमा संलग्न रहेको आरोपमा कञ्चनरुपका अम्बरनाथ विश्वास, शैलेन्द्रकुमार गुप्ता र पुष्कर महतोलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुको साथबाट २ वटा कटुवा पेस्तोल र अपरहण गर्न प्रयोग भएको भारतीय गाडी समेत बरामद भएको सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »