लाखौंको धनमाल चोरी

प्रकाशित समय 9:50:00 AM
एमकेमाझी
राजविराज, ५ कार्तिक । राजविराजको ब्यस्त बजार नजिकैको घरमा शनिवार राती लाखौंको धनमाल चोरी भएको छ । घर नजिकै लक्ष्मी पुजाको अवसरमा भइरहेको धार्मिक समारोह हेर्न स–परिवार गएको बेला राजविराज ५ कुनौली मोड स्थित गीता देवी गुप्ताको घरमा चोरी भएको हो ।
चोरी घटनामा नगद १ लाख ६६ हजार तथा सुन चाँदीका गरगहना अनुमानित मूल्य २ लाख ९२ हजार गरी कुल ४ लाख ५८ हजारको चोरी भएको पीडित गीता देवीले बताएकी छिन् । बेलुका ७ः३० बजेतिर धार्मिक कार्यव्रmम हेर्न निस्केका गुप्ता परिवार ९ बजे तिर घर फर्केर आउँदा चोरी भएको थाहा पाएका थिए । गीता देवीको छोरा नितेशका अनुसार चोरद्वारा ३ वटा कोठाको ताल्चा फुटाएर सो परिमाणको सम्पत्ति चोरी गरिएको हो ।
घर छाडेर निस्केको डेढ घण्टा भित्रै नगरको मुख्य बजार क्षेत्रको घरमा चोरी हुँदा सुरक्षा ब्यवस्था प्रति स्थानियले प्रश्न उठाएका छन् । स्थानीयवासी शत्रुधन गुप्ताले भने, ‘जिल्ला प्रहरी कार्यालय भन्दा ५ सय मिटरको दुरीमा रहेको स्थानमा त सुरक्षा छैन भने टाढा रहेको ठाउँको हाल के होला ?’ व्यस्त बजार क्षेत्रमा भएको चोरीले त्रसित बनेका स्थानीयले प्रहरीको रात्री गस्ती प्रभावकारी बनाउनु पर्ने माग गरेका छन् । प्रहरी उपरीक्षक मुकेश सिंहले चोरी घटनाबारे आवश्यक अनुसन्धान शुरु गरिएको र चाँडै अपराधी पव्रmाउ पर्ने दावी गरेका छन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »