मलपोतका कर्मचारी घुस सहित पक्राउ

प्रकाशित समय 9:15:00 AM
सर्लाही, १४ कार्तिक । मालपोत कार्यालय हरिवन, सर्लाहीका कर्मचारीलाई घुस सहित अख्तियार दुरुपयो अनुसन्धान आयोग कार्यालय बर्दिबासले पक्राउ गरेको छ । मालपोत कार्यालय हरिवनमा कार्यरत नायव सुब्बा ईश्वरी प्रसाद दहाललाई ५ हजार घुस सहित पक्राउ गरीएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय बर्दिबासले जनाएको छ ।
हरिवन नगरपालिका ८ का सेवा ग्राहीको वडा नं ८ स्थितको जग्गा पलटिङ गरि बाटो खुलाउने तथा रजिष्ट्रेशन पास गरि जग्गाधनि प्रमाण पूर्जा दिने क्रममा सेवाग्राहीसँग ५ हजार घुस लिइ रहेको अवस्थामा मंगलबार आयोगका कर्मचारीले पक्राउ गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासको टोलीले नायब सुब्बा दहाललाई कार्यकक्षबाट रंगेहात पक्राउ गरि आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »