सहकारीको कार्यक्षेत्र बिस्तारमा नव निर्वाचितहरुद्वारा प्रतिवद्धता

प्रकाशित समय 9:20:00 AM
रोहित कुमार मण्डल
लहान, २४ असोज । सप्तरीको दक्षिण सिमावर्ती क्षेत्रमा रहेको बलान बिहुल गाँउपालिका ६ स्थित रहेको जागेश्वर जनता उच्च माध्यमिक बिधालय सेहरामा मंगलबार सरस्वती साना किसान कृषि सहकारी संस्था मल्हनिया र रामनगर कोदरकट्टी साना किसान कृषि सहकारी संस्थाले सहकारीहरुको कार्यक्षेत्र विस्तारका लागि सरोकारवालाहरुसंग वृहत छलफल कार्यक्रम गरेका छन् ।
सरस्वती साना किसान कृषि सहकारी संस्था लि. मल्हनियाका अध्यक्ष राम कुमार यादवको सभाअध्यक्षतामा भएको सो वृहत छलफल कार्यक्रममा प्रदेश नम्बर २ बाट विजयी भएको नव निर्वाचित मेयर, उप मेयर, वडा अध्यक्ष तथा सदस्यहरुको सहभागिता रहेको थियो । उतm वृहत छलफल कार्यक्रममा सहकारीको कार्य क्षेत्र बिस्तारको नव निर्वाचित प्रतिनिधिहरुले प्रतिवद्धता समेत व्यतm गरेका छन् ।
अधिकांश वतmाहरुले गरिब तथा अतिविप्पनहरुको पहुच बैंक सम्म नभएको हुदा अहिले यस भेगका सर्वसधारणहरु  सहकरीबाट ऋण लिएर व्यापार गरिरहेका छन् । साना व्यवसायीकर्ताहरुलाई नै लक्षित गर्दै सहकारीले कारोबार गर्दै आएकाले साना व्यवसायीहरु तथा सर्वसधारण सहकारीतिर आकर्षित हुनु स्वाभाविक भएको र यसको कार्यक्षेत्र अझै बिस्तार गर्नु पर्ने सप्तरीको बोदे बर्साइन नगर पालिकाका नव निर्वाचित मेयर आतेश कुमार सिंहले धारणा व्यतm गरे । उनले भने  ‘निजी बैंकहरुले पछिल्लोपटक ब्याज बढाएपछि साना किसान तथा सर्वसधारणहरु सहकारीतिर कारोबार गर्न समेत आकर्षित भएको बताए ।’ कार्यक्रमको उदघोषण अशा यादवले गरेका थिए भने स्वागत मन्तव्य दिगम्बर यादव गरेका थिए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »