
राजपा नवलपरासीका संयोजक पुरन चौधरीका अनुसार पार्टीमा बस्ने वा छोड्ने ब्यक्तिको नैसर्गिक अधिकारको विषय भएकाले यसलाई सामान्यरुपमा लिएको प्रतिकृया दिए । ‘‘उहाँ हाम्रो पार्टीको नेता हुनुहुन्थ्यो, हामी ब्यक्तिको पछि होइन पार्टीको सिद्धान्तको पछि लाग्ने भएकाले बैकल्पिक नेतृत्व चयन गर्न थालेका छौ’ उनले भने, ‘‘राजपाका नेता कार्यकता विचलित बनेका छैनन, व्यक्तिगत सहयोगीले बाहेक अरु कोही पनि त्रिपाठीको कदममा सहयोग गरेका छैनन् ।’
व्यक्तिगत रुपमा प्रदेश नम्बर ५ अन्र्तगतको स्थानीय तहको पहिलो चरणमा सम्पन्न चुनावमा नै राजपा सहभागि हुने इच्छा ब्यक्त गरेपनि पार्टी भित्र कुरा नमिलेपछि त्रिपाठी असन्तुष्ट बनेका थिए । दोस्रो संविधान सभाको चुनावमा नवलपरासी जिल्लाको तत्कालिन ६ नम्बर निर्वाचन क्षेत्रबाट त्रिवाठी कांग्रेसका देवकरण कलवार संग ठुलो मतान्तरले पराजित भएका थिए ।
राजनीतिक विश्लेकहरुका अनुसार आगामी निर्वाचनमा राजपाबाट चुनाव लड्दा पराजित हुने डरले त्रिपाठी एमालेसंग मिलेर गृह जिल्लाबाट चुनाव जित्ने दाउमा रहेको बताउछन् । प्रदेश र केन्द्रिय चुनावपछि मात्र त्रिपाठीले छुट्टै पार्टी खोल्ने वा अन्य कुनै कम्युनिष्ट पार्टीमा प्रवेश गर्ने निक्यौल हुने विश्लेषकहरु बताउँछन् ।
