प्रचण्डलाई देउवाको दुई पटक प्रधानमन्त्री बन्न प्रस्ताव !

प्रकाशित समय 7:03:00 PM
काठमाडौं, १८ असोज । वाम गठबन्धनको अभियानलाई रोक्न नेपाली कांग्रेसले सक्दो प्रयास गरेको खुलासा भएको छ ।
एमाले र माओवादी केन्द्रबिच तालमेल र एकताको प्रयास हुन नदिन कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दुई पटक प्रधानमन्त्री बन्न दिने प्रस्ताव अघि सारेको खुलासा भएको हो ।
बुधबार उज्यालोसँग कुरा गर्दै नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव अघि नै देउवाले प्रचण्डलाई प्रधानमन्त्री बन्न आग्रह गर्नुभएको बताए । प्रचण्डले देउवासँग आउँदो चुनावमा ५०÷५० प्रतिशत सिटको साझेदारी मागेपछि कुरा नमिलेको पनि उहाँले खुलासा गरे । प्रचण्डको प्रस्तावप्रति देउवा सहमत नभएको र पार्टीभित्र छलफल गरेर कुरा अगाडि बढाउने आश्वासन दिएको निधिको भनाई छ । निधिका अनुसार माओवादी केन्द्र र कांग्रेसले चुनावी तालमेल र सहकार्य गरेमा दुई तिहाई बहुमत आउने र त्यसपछिको सरकारको नेतृत्व पनि प्रचण्डलाई दिन देउवा तयार हुनुभएको थियो । मंगलबार एमाले, माओवादी र नयाँ शक्ति पार्टीबिच एकता अभियानको घोषणा हुनु पहिले देउवा र प्रचण्डबिच पटकपटक छलफल भएको थियो । उज्यालोबाट

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »