सिमेन्ट उद्योगमा माटोले पुरिएर दुई मजदुरको मृत्यु

प्रकाशित समय 7:27:00 PM
दाङ, २ कार्तिक । जिल्लाको दूधरासमा रहेको सोनापुर सिमेन्ट उद्योगमा माटोले पुरिएर दुई मजदुरको मृत्यु भएको छ । मेसिनमा माटो अड्किएपछि हटाउन गएका कञ्चनपुर कृष्णनगर नगरपालिका ९ का २४ वर्षीय अमरसिंह राना र भारत बंगाल राज्य गुरुदवान रामग्रामका सविन हुसेनको मृत्यु भएको हो । माटो हटाउदा सेफ्टी बेल्ट लगाउनुपर्नेमा नलगाउदा उनीहरुको मृत्यु भएको प्रहरीको अनुमान छ । असावधानीका कारण ती दुई मजदुरको ज्यान गएको प्रारम्भिक अनुसन्धानले देखाएको दाङकी प्रहरी प्रमुख एसपी दुर्गा चन्द सिंहले जानकारी दिइन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »