जन्मदा अनुहारमा सानो फोका जस्तो देखिने मासुको डल्लोले अहिले सुनिताको अनुहाराको आधि भाग ढाकिनै लागेको छ । मासुको डल्लो बढ्दै गएपनि उनको देवे्र आँखाले समेत देख्न छोडेको छ । अनुहार नै कुरुप हुनेगरी मासुको डल्लो पलाएपछि सुनितालाई हाट–बजार जान पनि समस्या हुने गरेको सुनिता बताउँछन् । नयाँ ठाउँमा जाँदा सवैले आफूलाई नै हेरीरहने भएकोले हाट बजार, मेला पात तथा आफन्तको जान समेत नसकिने सुनिताले बताए ।
आफूहरुले सकेको उपचार गरेपनि आर्थिक अभावका कारण थप उपचार गर्न नसकिएको सुनिताका अभिभावकहरु बताउनु हुन्छ । सुनिताकी आमा ५७ वर्षिय समुन्द्रि देवि सदायका अनुसार जन्मदा सानो चिचिला जस्तो मात्र थियो, विस्तारै बढ्न थालेपछि विभिन्न देवि–देवतालाई पनि भागकल गरें ठिक भएन, पछि उपचारको लागि लहान र विराटनगर सम्म पु¥यायौं धेरै खर्च लाग्ने र काठमाण्डौं पु¥याउनु पर्ने भएपछि हामीले थप उपचार गराउन सकेका छैनांै ।
सुनिताकी आमाले भने, ‘‘विवाह गर्ने उमेरको छोरीको अनुहारमा यत्रो डल्लो पलाएर कुरुप भएको देख्दा हाम्रो पनि मन रुन्छ तर के गर्नु आर्थिक अभावको कारण उपचारमा लग्न सकिएको छैनांै ।’ अरुको जमिन र इँटाभठ्ठामा बनिबत्तो गरेर बुढेसकालमा जसोतसो गुजारा चलाईरहेका सदाय परिवारले छोरीलाई राम्रो उपचार गराउन पनि सकेका छैनन् । सुनिताकी बुवा ६० वर्षिय केशवर सदायले भने, ‘परिवार चलाउनै समस्या छ, कसरी उसको उपचार गर्ने ? उपचारमा सहयोग गरीदिन विभिन्न संघ संस्थालाई हारगुहार गरेपनि आफ्नो वोली कसैले नसुनेको सुनिताको बुवाले बताए ।’
तराइका दलित मध्येय अति विपन्न समूदायका केशवर सदायको आफ्नो भनेको ९ धुर घडेरी वाहेक केही छैन । ४ छोरा र ४ छोरीका धनी सदाय सुनिता सहित दुई वहिनी छोरीको अझै विवाह गर्नु बाँकी छ । छोराहरुको विवाह भईसकेकाले उनीहरु आ–आफ्नो ढंगले कमाएर खाने गरेको सदायले सुनाए । उनले भने, ‘‘छोराहरुको विवाह भईसकेको छ, यहाँ बस्ने ठाउँपनि छैन उनीहरु वाहिर वाहिरै वसेर आ–आफ्नै ढंगले जीविका चलाईरहेका छन, हामी बुढाबुढी जसोतसो जन–मदजुरी गरेर दुई छोरी र आफ्नो गुजारा चलाई रहेका छौं, ‘छोराहरुपनि बुहारीकै प्यारो भएपछि हामीलाई जीविका चलाउन मुस्किल भएको छ ।’
अब स्थानीय तहमा जनतप्रतिनीधिहरुपनि चुनीएका छन् । उनीहरुलाई एक पटक गुहार्ने सोच बनाएको सदायले बताए ।
