भारतीय सीमावर्ती बजारबाट जुत्ता, खसी, मरिच, मसलाहरु लगायत सामाग्री ओसार्ने समूहलाई गएराति पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुको नाम भने सार्वजनिक गरेको छैन । यसैबीच, भारतीय बजार जोगबनीबाट भित्र्याइँदै गरेको ५० हजार रुपैयाँभन्दा बढीको पटका बरामद गरिएको छ । तिहारका लागि पटका र अन्य बारुदजन्य पदार्थ भित्रने क्रम बढेपछि प्रहरीले सीमावर्ती नाकाहरुमा निगरानी बढाएको छ ।
