घरमा रहेको चापाकलमा जडान गरिएको पानी तान्ने विद्युतीय मोटर चलिरहेका बेला चापाकल चलाउने क्रममा करेन्ट लागेर सासु बुहारी दुवै जनाको मृत्यु भएको जिल्ल प्रहरी कार्यालय पर्साले जनाएको छ । दिपावलीका लागि घर सरसफाइ गर्ने क्रममा चापाकलमा पानी लिन गएकी कान्तिदेवीले मोटर चलिरहेका बेला चापाकल चलाउदा करेन्ट लागेर र उनी लडेपछि उनलाई उठाउन गएकी बुहारी जागो देवीलाइ पनि करेन्ट लागेको थियो ।
करेन्ट लागेर गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि नेशनल मेडिकल कलेजमा लैजाने क्रममा बाटोमै दुवै जनाको मृत्यु भएको पर्साका प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले बताए । मृतक दुवैको शव आफन्तले बुझेको प्रहरी नायव उपरिक्षक शाहीले जानकारी दिए ।
