रौतहटमा बाढीपीडितद्वारा सिडियो र एसपीको गाडीमा ढुंगा प्रहार

प्रकाशित समय 6:47:00 PM
रौतहट, १ कार्तिक । आफ्ना मान्छेलाई मात्रै  स्थानीय तहका अधिकारीहरुले बाढी तथा डुबान पीडितको सूचिमा राखि  राहत वितरण गरेको भन्दै देबाही बोनाही नगरपालिकाका प्रभावित आक्रोशित भएका छन् ।  आक्रोशित पीडितले रौतहटका प्रमुख जिल्ला अधिकारी र  प्रहरी प्रमुखको गाडीमा तोडफोड  समेत गरेको छ । 
देबाही बोनाही  नगरपालिकाका कार्यकारी अधिकृत मनोज झाले नगर कार्यालयमा २१८  वाढीपीडितलाई सम्बन्धित वडाका  सचिवको सिफारिशमा  राहत वितरण गर्नै लाग्दा आक्रोशित स्थानीय तोडफोडमा उत्रिएका हुन् । पीडितहरुले सचिवले आफ्ना मान्छेलाई मात्रै सिफारिश गरेका तथा वास्तविक पीडितलाई छुटाएको भन्दै विहानैदेखि नगरपालिकाको कार्यालय घेराउ गरेका थिए । 
उत्पन्न तनावलाई मिलाउने प्रयासस्वरुप  त्यहाँ पुगेका प्रजिअ उद्धव बहादुर थापा र  नेपाल प्रहरीका एसपी यज्ञ विनोद पोखरेल तथा  सशस्त्रका एसपी प्रमराज पोखरेलको गाडीमा पीडितले ढुंगा प्रहार गरेका हुन् ।  उनीहरुको पार्किङ गरेर राखिएको गाडीमा  पीडितले ढुंगा प्रहार गर्दै तोडफोड गरेका हुन् ।  तोडफोडबाट गाडीका सिसाहरु फुटेको बताइएको छ । 
सो क्रममा दुई पक्षीय  झपड हुँदा सशस्त्रका सई  वीरेन्द्र यादव र नेपाल प्रहरी अर्का एक जवान  घाइते  भएको प्रजिअ थापाले बताए । यद्यपी  प्रशासनले समानरुपले राहत वितरण गरिने भन्दै अहिले सिफारिशमा परेकालाई कुन आधारमा सिफारिश गरिएको हो  त्यसबारेमा छानबिन गर्ने बताएको छ । 
प्रजिअको संयोजनमा देबाही बोनाईका मेयर धमेन्द्र पटेल तथा सम्बन्धित वडाका वडाध्यक्षहरुको बैठकले सो  निर्णय गरेको हो । गत वर्षायाममा भएको डुवान समस्याका कारण सो क्षेत्रमा बासिन्दा नराम्ररी प्रभावित भएका छन् । 

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »