धनुषामा दुई अभियुक्त पक्राउ

प्रकाशित समय 7:31:00 PM
सन्तोष सिंह
धनुषा, २ कार्तिक । धनुषा प्रहरीले भूमिगत समूह मधेस राष्ट्र जनतान्त्रिक पार्टीका २ कार्यकर्तालाई पक्राउ गरेको छ । भूमिगत समूहमा आबद्ध भएर गोली प्रहार र विस्फोट गराएर फरार रहेका अभियुक्त धनुषा कमलामाइ नगरपालिका–७ हथमुण्डाका ३२ वर्षीय दिपकुमार महतो र २० वर्षीय छोटकन ठाकुरलाई प्रहरीले बुधबार राति पक्राउ गरेको हो । पक्राउ परेका दुबै जना भूमिगत समूहमा आबद्ध रहेको र सिरहा मिर्चैयामा माओवादी कार्यकर्ता मो.लालु खालाई ०७३ फागुन १ गते गोली प्रहार गरी फरार भएका थिए । अदालतबाट पूर्वपक्षका लागि थुनामा पठाउन निर्णए भएर फरार सूचीमा रहेका दुवै जनालाई पक्राउ गरी थप अनुसन्धानका लागि सिरहा प्रहरीलाई हस्तान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »