
पर्वको मुख्य दिन मानिने षष्टी तिथिका दिन बिहानै न्वाई–ध्वाई गरेर निराहार व्रत बसेका व्रतालुले साँझमा अस्ताउँदै गरेका सूर्यलाई अघ्र्य दिने गरिन्छ । त्यस्तै, सप्तमीका दिन बिहान उदाउँदै गरेका सूर्यलाई अघ्र्य दिएपछि यो पर्व सम्पन्न हुनेछ ।

निर्धनता र निःसन्तानबाट मुक्ति पाउन एवम् मानव जातिको उत्थान गर्न र आरोग्यका लागि यो पर्व मनाउने गरिएको जनविश्वास रहेको छ । सूर्यको आराधनाबाट चर्मरोग निको हुने, सन्तान र धनलाभ हुने मान्यता रहेको छ । सुरुमा तराइवासीले मात्र मनाउने यो पर्व अब अन्य जाति एवं राजधानी लगायत पहाडमा पनि मनाउन थालेका छन् ।
मिथिला लोकसंस्कृतिको अभिन्न अंग बनिसकेको यो पर्वको तयारीमा अहिले यस क्षेत्रका नदी, तलाउ र कुण्ड सहितका जलाशयहरु मनमोहक ढंगले सिंगारिने क्रम चलिरहेका छन् । छठ पर्वको तयारी सिरहासहित बिभिन्न जिल्लाहरुमा जोरतोरले भईरहेका छन् । जलाशय सजाउनुको साथै घरघरमा पर्वको तयारी चलिरहेको । छठ पर्व सुरुवात संगै टोल टोलमा छठको गीतहरु गुञ्जिरहेकोले मिथिलांचल क्षेत्र छठमय बनेको छ । उता, छठ पर्वका लागि विभिन्न प्रसाद सामग्री खरीद गर्न बजारमा भीड लागेको छ ।
केराको व्यपारमा वढ्यो छठ पर्वका अवसरमा स्थानीय बजारहरुमा केराको कारोबारमा बृद्धि भएको छ । सिरहाको मिचैया, गोलबजार, धनगढी, लहान, बन्दिपुर, भगबानपुर, लगायतका वजारहरुमा केराको कारोबार बढेको छ । यस क्षेत्रमा केराको अभाव भएकोले ट्रकमा लोड गरेर कोशी पारी र भारतबाट केरा ल्याएर बिक्री गर्दै आएको ब्यापारीहरुले बताएका छन् ।
