धनकुटा नगरपालिका–७ की १७ वर्षीया युवतीबाट जन्मिएको उक्त शिशुको सानो आन्द्रा बाहिरै निस्किएको अवस्थामा जन्म भएको र रुने क्रममा नाइटोको भागबाट अन्य भाग पनि बाहिर निस्किएको उपचारमा संलग्न नर्स सुन्दरा गुरागाईंले बताइन् । ‘पहिले थोरै सानो आन्द्रा निस्किएको थियो,’ उनले भनिन, ‘बच्चा रुन थालेसंगै थप आन्द्राको भाग बाहिरिन थालेपछि आकस्मिक रुपमा राजधानी लैजाने सल्लाहा दियौं ।’
उनका अनुसार शिशुको तौल २ किलो ४ सय ग्राम रहेको छ । युवतीले छोरीलाई जन्म दिएकी हुन् । गुरागाईका अनुसार घाँटीमा नाभि बेरिएको अवस्थामा बच्चा जन्मिएको थियो । अस्पतालले तत्काल कृतिम स्वासप्रश्वास दिलाएर इन्फेक्सनबाट मुक्त पार्ने विधि समेत सकेपछि थप उपचारका लागि रेफर गरिएको थियो ।
सुविधासम्पन्न अस्पताल पु¥याउन चिकित्सकले सुझाव दिएपछि शिशुका परिवारले राजधानीस्थित कान्ति बाल अस्पताल लगेका छन् । गर्भावस्थामा पर्याप्त आइरन तथा क्याल्सियम सेवन नगर्दा पनि यस्तो जोखिम उत्पन्न हुने स्वास्थ्यकर्मीको भनाई छ ।
उपचारका लागि गाडीबाट राजधानी पु¥याइएको शिशुको परिवार स्रोतले जनाएको छ । आर्थिक अवस्था कमजोर रहेका कारण धनकुटा नगरपालिका–७ वडा कार्यालय र स्थानीयबासीले १७ हजार नगद उपलब्ध गराएका थिए । यस्तै जिल्ला अस्पतालले निशुल्क एम्बुलेन्स उपलब्ध गराएको थियो ।
