नगरपालिकाको कार्यालय स्रोतले दिएको जानकारी अनुसार तत्कालिन वडा सचिव सुदिप दाहालको नियन्त्रणमा रहेको माइन्यूट बुक कार्यालयमा नयाँ कार्यकारी अधिकृत रामजी जोशी आएलगत्तै हराएको छ । नगरपालिकाका तत्कालिन कार्यकारी अधिकृत शम्भु ठाकुरले मनपर्दी ढंगले ९० लाख रुपैयाँको कारोवार गरेको समाचार सार्वजानिक भएपछि अनुसन्धान गर्ने क्रममा कार्यालयको माइन्यूट बुक, चेकबुक, भौचरलगायतका आवश्यक कागजातहरु कार्यालयमा फेला नपरेको नगरपालिकाका कार्यकारी अधिकृत रामजी जोशीले बताए ।
आफूले हरेक कर्मचारीसँग यस सम्बन्धमा स्पष्टीकरण लिने क्रम जारी रहेको र सत्यतथ्य पता लगाएर दोषीलाई कारवाही गरिने गौशाला नगरपालिकाका नवनिर्वाचित मेयर शिवनाथ महतोले बताए । स्रोतका अनुसार हराएको माइन्यूट बुकमा तत्कालिन कार्यकारी अधिकृतहरु राधेश्याम गिरी, रामकुमार महतो र शम्भु ठाकुरको कार्यकालमा भएको महत्वपूर्ण निर्णयहरु उल्लेखित रहेका छन् ।
